logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनको मूल्य एक लाख नौ सय रुपैयाँ


अंकुरण खबर
1.261K
Shares

सुनको भाउ साताको अन्तिम दिन शुक्रबार ६ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलामा ६ रुपैयाँले बढेर एक लाख नौ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि, बिहीबार सुन तोलाको एक लाख तीन सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार तेजावी सुनको भाउ तोलाको एक लाख चार सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ पनि प्रतितोलमा २५ रुपैयाँले बढेको छ । बिहीबार एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार चार सय निर्धारण भएको छ ।