logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

परराष्ट्रमन्त्री खड्का बिमस्टेक सम्मेलनमा सहभागी हुन श्रीलंका जाने 


अंकुरण खबर
949
Shares

परराष्ट्रमन्त्री डा. नारायण खड्का बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)  सम्मेलनमा सहभागी हुन श्रीलंका जाने भएका छन् ।

बिमस्टेकको चैत १६ गते हुने पाँचै शिखर सम्मेलनअघि हुने मन्त्रीस्तरीय बैठकमा सहभागी हुन उनी श्रीलंका जान लागेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनु्सार परराष्ट्रमन्त्री खड्का चैत १४ गते काठमाडौंबाट त्यसतर्फ प्रस्थान गर्नेछन् । चैत १५ गते कोलम्बोमा हुने बिमस्टेक मन्त्रीस्तरीय बैठकमा उनी सहभागी हुनेछन् ।

बिमस्टेकको साइडलाइनमा उनले अन्य देशका विदेशमन्त्रीसँग द्विपक्षीय वार्ता गर्ने परराष्ट्रले जनाएको छ । उनी चैत १७ गते स्वदेश फर्कनेछन् ।