logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस केन्द्रीय समिति बैठक : चुनाव प्रचारमा खटिएका प्रतिनिधि रिपोर्ट बुझाउँदै


अंकुरण खबर
845
Shares

नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा चुनाव प्रचार प्रसार अभियानमा खटिएका प्रतिनिधिले रिपोर्ट प्रस्तुत गरिरहेका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा जिल्ला जिल्लामा चुनावी प्रचार अभियानमा खटिएका प्रतिनिधिले रिपोर्ट प्रस्तुत गरेका हुन् । आइतबारको बैठकमा अहिलेसम्म १३ जनाले रिपोर्ट प्रस्तुत गरेका केन्द्रीय सदस्य मिनाक्षी झाले जानकारी दिइन् ।

‘शुक्रबारको बैठकमा २२ जनाले रिपोर्ट प्रस्तुत गर्नुभएको थियो, आज बाँकीले बुझाउँदै हुनुहुन्छ,’ झाले भनिन् । उनका अनुसार चुनावी अभियानमा खटिएका अधिकांशले कांग्रेस आगामी चुनावमा गठबन्धनसहित जानुपर्छ भन्ने सुझाव आएको छ ।