logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कर्णाली प्रदेशका भौतिक पूर्वाधार मन्त्री रोकाया अनुगमनमा


अंकुरण खबर
975
Shares

कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकाया जुम्लामा सञ्चालित योजना अनुगमन गर्नका लागि कालिकाकोट हुँदै जुम्ला पुगेका छन् ।

उनले एक सातादेखि प्रादेशिक मन्त्रालयबाट सञ्चालित योजनाहरूको प्रभावकारी भए नभएको विषयमा अनुगमन गरेका हुन् ।

मन्त्रालयबाट कार्यालयमार्फत कार्यान्वयनमा रहेका भौतिक पूर्वाधार र सहरी विकाससम्वन्धीका लागि योजना अनुगमन गर्न कालिकोट र हुँदै जुम्ला पुगेको कर्णाली सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायाले बताए ।

२/३ देखि जुम्लाको सिंजा भेगमा पर्ने हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा सञ्चालनमा रहेका विकास निर्माणको अनुगमन गर्ने क्रम जारी रहेको मन्त्री रोकाया निजी सचिव अमर रोकायाले बताए ।

आवश्यकताअनुसार सडक, पुल, भवन र अन्य योजना उपलव्ध गराएको मन्त्री रोकायाले बताए । उनले भने, ‘कर्णाली राजमार्ग अन्तर्गत नाग्म गमगढी सडकखण्ड पीच गर्नका लागि एक अर्ब २० करोड बजेट व्यवस्थापन भएको छ । नाग्मदेखि गोठीजूलासम्म एक वर्षमा सडक पीच हुने भएको छ ।’