logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

नेप्से ४१ अंकले घट्यो, पाँच अर्बको कारोबार


अंकुरण खबर
572
Shares

साताको पहिलो दिन आइतबार नेपाली सेयर बजार नेप्से परिसूचक ४१ दशमलव ४१ अ‌ंकले घटेको छ ।

परिसूचक घटेसँगै नेप्से २५ सय ७२ दशमलव २८ अंकमा रोकिएको छ।

नेप्सेमा कारोबार रकममा गत बिहीबारभन्दा उल्लेख्य रूपमा बढेको छ। आइतबार ८९ लाख २३ हजार कित्ता सेयर खरिद बिक्री हुँदा चार अर्ब ९८ करोड रुपैयाँको कारोबार भएको छ ।

अघिल्लो साताको अन्तिम दिन बिहीबार नेप्सेमा ५२ लाख ५८ हजार कित्ता सेयर किनबेच हुँदा तीन अर्ब २४ करोड ८९ लाख ४३ हजार रुपैयाँको कारोबार भएको थियो ।

बजारमा आइतबार १६६ कम्पनीका सेयरधनीले गुमाएका छन् भने २५ कम्पनीका सेयर धनीले मात्र नाफा कमाएका छन् । बजारमा धेरैजसो लाइफ इन्स्योरेन्स कम्पनीका सेयरधनीले नाफा कमाएका छन्।