logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

डा. हेमराज शर्मा एनआरएनए उपाध्यक्षमा निर्वाचित


अंकुरण खबर
1.937K
Shares

गैरआवासीय नेपाली संघ (एनआरएनए) को उपाध्यक्षमा  डा हेमराज शर्मा सर्वसम्मतले निर्वाचित भएका छन् ।

यसअघि महासचिवको पद समालेका उनलाई आइतबार सम्पन्न संघको १० औं महाधिवेशनले उपाध्यक्ष पदमा निर्वाचित गरेको हो ।

डा शर्मा बेलायतस्थित लिभरपुल विश्वविद्यालयमा भौतिकशास्त्रका प्राध्यापक हुन् । सन् २००५ मा एनआरएन जापानको महासचिवको जिम्मेवारी सम्हालेका शर्माले सन् २००७ मा बेलायत गएसँगै त्यहाँको आईसीसी सदस्यमा मनोनीत भएका थिए ।

उनी एनआरएनए विधान समितिका संयोजक समेत थिए ।