logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार


अंकुरण खबर
1.235K
Shares

नेपाली बजारमा सोमबार सुनको भाउ चार सय रुपैयाँले घटेको  छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको एक लाख पाँच सय रुपैयाँ कायम भएको छ ।

यसअघि आइतबार सुन तोलाको एक लाख नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार तेजावी सुनको भाउ तोलाको एक लाख रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ २० रुपैयाँले घटेको छ । आइतबार एक हजार चार सय रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार तीन सय ८० रुपैयाँ निर्धारण भएको छ ।