logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तेह्रथुममा ७२ हजार जना मतदानका लागि योग्य


अंकुरण खबर
650
Shares

आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा तेह्रथुमबाट ७२ हजार आठ सय ९५ जनाले मतदान गर्न पाउने भएका छन् ।

जिल्ला निर्वाचन कार्यालय तेह्रथुमका अनुसार २९ वैशाख २०७९ सम्म १८ वर्ष पूरा भएका मतदाताहरूले निर्वाचनमा सहभागी हुन पाउने छन् ।

कार्यालयको तथ्यांङअनुसार आठराई गाउँपालिकाबाट १४ हजार एक सय ३०, छथर गाउँपालिकाबाट १२ हजार ३१, फेदाप गाउँपालिकाबाट १२ हजार आठ सय ९५, मेन्छ्यायेम गाउँपालिकाबाट ६ हजार तीन सय ५५, म्याङलुङ नगरपालिकाबाट १४ हजर सात सय ३७ र लालीगुराँस नगरपालिकाबाट १२ हजार सात सय ४७ जनाले मतदान गर्न पाउने छन् ।

जसमध्ये ३६ हजार नौ सय ७३ पुरुष र ३५ हजार नौ सय २२ महिला छन् । दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लामा ५७ मतदान स्थल र ९५ मतदान केन्द्र रहने निर्वाचन कार्यालयका सूचना अधिकारी दीपक भण्डारीले जानकारी दिए ।

निर्वाचनका लागि म्याङलुङ नगरपालिकामा महेन्द्रप्रसाद पोखरेल, लालीगुराँस नगरपालिकामा मदनप्रसाद पराजुली, आठराई गाउँपालिकामा पारसमणि पोखरेल, फेदाप गाउँपालिकामा ईन्द्रकुमार श्रेष्ठ, छथर गाउँपालिकामा टेकप्रसाद पुलाम र मेन्छ्यायेम गाउँपालिकामा पुष्पराज बराल निर्वाचन अधिकृत तोकिएको जिल्ला निर्वाचन कार्यालय तेह्रथुमले जनाएको छ । तेह्रथुममा ४३ वडा छन् ।