logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गोसाईकुण्ड गाउँपालिकाको आफ्नै प्रशासनिक भवनमा


अंकुरण खबर
624
Shares

गोसाईकुण्ड गाउँपालिकाले प्रशासनिक भवन निर्माण गरेको छ । २०७६/०७७ देखि निर्माण सुरु भए पनि भवन निर्माण हालै सम्पन्न भएको हो ।

भवनको सोमबार गाउँपालिकाको केन्द्र स्याफ्रुबेशीमा आयोजित कार्यक्रमकाबीच गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पू तामाङले उद्घाटन गरेका हुन् ।

भवन निर्माणमा तीन करोड बजेट विनियोजन गरिएको थियो । भवन निर्माणको जिम्मा ठेक्का भने एक करोड ६९ लाख १९ हजार एक सय ९६ रुपैयाँ ७१ पैसामा परेको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुतेन्द्र चाम्लिङका अनुसार सुविधासम्पन्न दुई तले भवनमा एउटा हलसहित १३ वटा कोठा छन् ।

प्रशासनिक भवन भुकम्प प्रतिरोधी, अपांगमैत्री र बालमैत्री रहेको गाउँपालिकाका अध्यक्ष तामाङले बताए । ‘यो भवन बालमैत्री, अपांगमैत्री छ, अपांगता भएकाहरूलाई माथिल्लो तल्लामा आउनका  लिफ्ट राख्दैछौँ,’ उनले भने ।

देशका सात सय ५३ स्थानीय तहमध्ये कम लागतमा सुबिधासम्पन्न प्रशासकीय भवन निर्माण सम्पन्न गर्ने गोसाईकुण्ड गाउँपालिका रहेको उनले दावी गरे ।