logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

धनुषामा पाँच जना सवार मोटरसाइकल दुर्घटना हुँदा चार जनाको मृत्यु


अंकुरण खबर
507
Shares

धनुषाको सबैला नगरपालिका–१२ बरकुर्वामा सोमबार बेलुकी पाँच जना सवार मोटरसाईकल दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा एन जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाईकलमा सवार सबैला नगरपालिका–२ का १२ वर्षीय लक्ष्मि यादव, सोही ठाँउका १२ वर्षकै बौका यादव, १४ वर्षीय समित यादव र १५ वर्षीय राहुल यादव रहेका छन् ।

उनीहरुलाई उपचारको लागि जनकपुर स्थित प्रादेशिक अस्पताल पु¥याउनासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घाइते १९ वर्षीय सुरेन्द्र यादवको सोही अस्पतालमा उपचार भईरहेको छ ।

सोमबार बेलुकी सवा ८ बजे पाँच जना सवार ज ६ प ६७ ३९ नम्बरको मोटरसाईकल दुर्घटना भएको थियो ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।