logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिरक डसना उद्योगमा लागेको आगो नियन्त्रणमा


अंकुरण खबर
858
Shares

अर्घाखाँचीको एक सिरक डसना उद्योगमा लागेको आगो नियन्त्रणमा आएको छ ।

सन्धिखर्क नगरपालिका-१ मा रहेको विस्मिल्ला सिरक डसना उद्योगमा लागेको आगो नियन्त्रणमा आएको हो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी, स्थानियवासी तथा सन्धिखर्क नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको हो ।

उद्योगमा कपडा फिट्ने मेसिन तातेर आगो लागेको हुन सक्ने जिल्ला प्रहरी कार्यालयका प्रमुख अमर थापाले जानकारी दिए ।

आगलागीका कारण दुई मेसिनसहित केही सिरक डसना जलेको थापाले जानकारी दिए । यद्यपि, आगो पूर्णरुपमा नियन्त्रणमा आइसकेको थापाले जानकारी दिए ।