logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जालझेल गरेर अन्य पार्टीले निर्वाचनको परिणाम हात पारे, यसपटक नतिजा सुल्ट्याइनेछ :  प्रचण्ड


अंकुरण खबर
481
Shares

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसपटक निर्वाचन परिणाम माओवादीको पक्षमा बढी आउने दाबी गरेका छन् ।

उनले यसअघि अनेक जालझेल गरेर अन्य पार्टीले निर्वाचनको परिणाम हात पारेको र यसपटक निर्वाचनको नतिजा सुल्ट्याइने बताए ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका युवाहरूलाई पार्टी प्रवेश गराउँदै देशभर युवाहरूको पार्टीमा आकर्षण बढेकाले निर्वाचन परिणाम माओवादीको पक्षमा पार्न असहज नभएको दाबी गरे ।

उनले माओवादीमा प्रवेश गरेर सचेत युवा वर्गले सही निर्णय लिएको पनि बताए ।

‘तपाईं युवाहरूले सही निर्णय गर्नुभयो । तपाईंहरूलाई बधाई र स्वागत गर्न चाहन्छु । संघीय लोकतान्त्रिक गणतन्त्रको  जन्मदाता माओवादी केन्द्र हो । संविधानको रक्षा गर्न,  सामाजिक न्यायसहितको समाज बनाउन र देशको समृद्धिसँगै विकास गर्ने पार्टी  माओवादी हो । अब यसपटक निर्वाचनको नतिजा हामीले सुल्ट्याउनुपर्छ,’  प्रचण्डले भने ।

प्रचण्डले हेलम्बुका प्रभावशाली युवाहरू दिनेश थापा, सञ्जय तामाङ, समीर केसी, निमा लामा, मुस्कान भण्डारी, विकास लामालगायतलाई पार्टी प्रवेश गराएका थिए ।