डोटीको पुर्वीचौकी गाउँपालिका–७ सिमकट्टेमा मंगलबार ट्रयाक्टर पल्टिदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा ट्रयाक्टर चालक कैलालीको गौरिगंगा नगरपालिका–४ चौमालाका २५ वर्षीय ज्ञान बहादुर चौधरी रहेका छन् ।
ट्रयाक्टरका परिचालक गम्भीर घाइते भएका छन् । अछामको चौरपाटी नगरपालिका–३ का २४ वर्षीय नर बहादुर भुल गम्भीर घाइते भएका हुन् । भुलको उपचार जिल्ला अस्पताल डोटीमा भइरहेको छ ।
डोटीको गजाडाबाट चौखुट्टेतर्फ जाँदै गरेको से १ त ७८३९ नम्बरको ट्याक्टर अनियन्त्रित भइ पल्टिएको प्रहरी चौकी सानागाउँ डोटीले जानकारी दिएको छ ।