logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एक्लै एमालेसँग चुनाव लड्छु भन्ने सोच्नै सक्दैनन् : ओली


अंकुरण खबर
1.443K
Shares

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनविना एमालेसँग चुनाव लड्न सक्ने हिम्मत नै नभएको बताएका छन् ।

भक्तपुरमा मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईको अर्गानिक तरकारी बजारको बुधबार उद्घाटन कार्यक्रममा ओलीले अहिलेको पाँच दलिय गठबन्धनमा रहेका दलहरूलाई एक्ला एक्लै चुनावमा लड्ने हिम्मत नै नभएको बताए ।

‘एक्लै एमालेसँग लड्छु भन्ने सोच्नै सकिँदैन। हामीलाई पनि अलिकति हैसियत मिल्नेसँग चुनाव लड्न सजिलो हुन्छ । उनीहरू एक्लै भयो भने त हामीले कसरी चुनाव लड्ने ? त्यसैले अब बल्ल हैसियत मिलेको छ,’ अध्यक्ष ओलीले भने ।

एमालेमा देशभर पार्टी प्रवेशको जनलहर आइरहेको देखेर अन्य दल त्रसित भइरहेको बताए । ‘अन्य दलका नेता कार्यकर्ता रित्तिन लागेका छन् । हाम्रो पार्टी भरिन लागेको छ । यो जनलहर आगामी चुनावमा एमालेलाई विजयी गराउनको लागि हो,’ अध्यक्ष ओलीले भने ।