logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महासंघको स्थापना दिवसमा प्रभातफेरि र रक्तदान


अंकुरण खबर
546
Shares

नेपाल पत्रकार महासंघको ६७औँ स्थापना दिवसको अवसरमा बुधबार सप्तरी शाखाले प्रभातफेरी तथा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

महासंघ शाखा सप्तरीले राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालभित्र रहेको नेपाल रेडक्रस सोसाइटीको शाखा सप्तरीमा आयोजित रक्तदान कार्यक्रममा पत्रकार, नेपाल प्रहरी र सशस्त्र प्रहरीले १६ जनाले रक्तदान गरेका छन् ।

सप्तरीका अध्यक्ष श्रवणकुमार देव, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख अभिनारायण काफ्ले, नेपाल प्रेस युनियन शाखा सप्तरीका पूर्वअध्यक्ष ओमप्रकाश साह, हेमशंकर सिंह, दिपेश देव, रक्षा कुमारी चौधरी, रमानन्द देव, शैलेश कर्ण, रामनारायण यादव, शस्त्र प्रहरीका प्रहरी जवानहरू लगायतले रक्तदान गरे थिए ।

प्रभातफेरिमा शाखा सप्तरीका पूर्वअध्यक्षहरू वरिष्ठ पत्रकारसहित महासंघ आवद्ध पत्रकारहरू सहभागी भई नगरपरिक्रमा गरेका थिए ।