logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अबदेखि श्रम स्वीकृति रद्द र बिमा रकम भुक्तानी सम्बन्धित कार्यालय प्रमुखबाटै हुने 


अंकुरण खबर
442
Shares

श्रम स्वीकृति रद्द गर्ने अधिकार सम्बन्धित कार्यालय प्रमुखलाई दिइएको छ ।

वैदेशिक रोजगार विभागको १२ फागुनको निर्णयअनुसार श्रम स्वीकृति रद्दका लागि सम्बन्धित कार्यालय प्रमुखलाई दिइएको हो ।

बिमा रकम भुक्तानी सम्बन्धिको सेवा समेत सम्बन्धित कार्यालय प्रमुखबाट हुने भएको छ । श्रम स्वीकृति रद्दका लागि सम्बन्धित कार्यालयमा नै सम्पर्क गर्नु हुन विभागले सबैमा अनुरोध गरेको छ । त्यसका लागि विभागमा आइरहनु नपर्ने विभागका महानिर्देशक शेषनारायण पौडेलले जानकारी दिए ।

बिमा रकम भुक्तानीका लागि विभागबाट सम्बन्धित कामदारले श्रम स्वीकृती लिएर गएको हो भनी प्रमाणित गर्नुपर्ने प्रावधानसमेत हटाइएको विभागले जनाएको छ ।

सम्बन्धित बिमा कम्पनीले विभागको अनलाइन सूचना व्यवस्थापन प्रणालीबाटै श्रम स्वीकृती लिएकोरनलिएको रुजु गर्न सक्ने व्यवस्था मिलाइएको महानिर्देशक पौडेलले बताए । यो कामको लागि समेत विभागमा आइरहन नपर्ने उनको भनाइ छ ।