logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

युक्रेनी सेनाले आत्मसमर्पण गरेपछि मात्रै गोलाबारी अन्त्य हुन्छः पुटिन


अंकुरण खबर
1.937K
Shares

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी सेनाले आत्मसमर्पण गरेपछि मात्रै युक्रेनी सहर मारिओपोलमा  गोलाबारी अन्त्य हुने बताएका छन् ।

मंगलबार राति फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग एक घण्टा लामो फोन वार्तामा उनले सो धारणा राखेको रुसी प्रशासन केन्द्र क्रेमलिनले एक विज्ञप्तिमा जनाएको छ ।

सहरबाट नागरिकहरूलाई हटाउने योजनाहरू विचार गर्न भने पुटिन सहमत भएको फ्रान्सेली अधिकारीहरुले बताएका छन् । त्यसपछि रुसले बिहीबार एक दिने युद्धविराम घोषणा गरेको छ । यसले मानिसहरूलाई रुस नियन्त्रित बर्दियान्स्क बन्दरगाह हुँदै जापोरिज्जियाको पश्चिमतर्फ यात्रा गर्न अनुमति दिनेछ ।