निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन अर्घाखाँचीले खुल्ला हाजिरिजवाफ प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।
२५ चैतदेखि खुल्ला हाजिरिजवाफ प्रतियोगिता आयोजना गरिएको युनियनका अध्यक्ष कृष्ण बर्माले जानकारी दिए ।
बर्माका अनुसार प्रतियोगितामा कार्यालयको प्रतिनिधित्व हुनुपर्नेछ । जसमा दुई जना कार्मचारीसहित तीन जनाको टिम बनाउन सकिनेछ । टिम दर्ताको लागि १ हजार शुल्क तोकिएको बर्माले जानकारी दिए ।
‘लोकसेवा तथा शिक्षकसेवाको तयारी गरिरहेकालाई सहज होस् भनेर यो प्रतियोगिता आयोजना गरेका छौँ,’ अध्यक्ष बर्माले भने, ‘कर्मचारी तथा बाहिरबाट पनि सहभागी आउन सक्नुहुन्छ ।’
प्रतियोगितामा प्रथम हुनेले ७ हजार, द्वितीय हुनेले ५ हजार, तृतिय हुनेले ३ हजार र सान्त्वना हुनेले १ हजार ५ सय प्राप्त गर्नेछन् ।