पछिल्लो २४ घण्टामा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९ सय ५१ जनामा गरिएको नमूना परीक्षणमा २५ जनामा संक्रमण पुष्टि भएको हो । सो समयावधिमा ८९ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् योसंगै संक्रमणमुक्त हुनेको संख्या ९ लाख ७८ हजार ४ सय २३ पुगेको छ ।
त्यस्तै कोभिड संक्रमणबाट हालसम्म ११ हजार ९ सय ५१ जनाको मृत्यु भएको छ भने हाल सक्रिय संक्रमितको संख्या १ हजार ८१ रहेको छ ।