logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमालेले माग्यो निर्वाचन प्रतिबद्धता पत्रका लागि सुझाव


अंकुरण खबर
897
Shares

एमालेले आसन्न स्थानीय तह निर्वाचनका लागि सार्वजनिक रूपमा सुझाव माग गरेको छ ।

पार्टीले बनाउन लागेको स्थानीय तह निर्वाचन प्रतिबद्धतापत्रका लागि एमालेले सुझाव माग गरेको हो ।

एमालेले अहिले प्रतिबद्धता पत्र निर्माण गरिरहेको छ । यसका लागि महत्वपूर्ण सल्लाह र सुझावहरू भएको खण्डमा पेस गर्न सार्वजनिक अपिल गरेको हो ।

एमालेले partyhq@cpnuml.org मेलमा आफ्नो सुझाव दिन सकिने जनाएको छ । प्रतिबद्धता पत्र निर्माण गरिरहेको एमालेले १६ चैतमा स्थानीय तहका प्रमुख तथा उपप्रमुखसँग भर्चुअल संवाद गरेको थियो ।