logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अष्ट्रेलियालाई सातौं पटक महिला विश्वकपको उपाधि


अंकुरण खबर
403
Shares

इंग्ल्यान्डलाई ७१ रनले पराजित गर्दै अष्ट्रेलियाले सातौं पटक एकदिवसीय महिला विश्वकपको उपाधि जितेको छ ।

अष्ट्रेलियाले अपराजित रहँदै सन् २०२२ को उपाधि जित्न सफल भएको हो । यसअघि उसले सन् १९७८, १९८२, १९८८, १९९७, २००५ र २०१३ उपाधि जितेको थियो ।

अष्ट्रेलियाले दिएको ३५७ रनको विशाल लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४२ ओभर चार बलमा सबै विकेट गुमाउँदै २८५ रनमा समेटियो । इंग्ल्यान्डकी नाट सेभरले सर्वाधिक १४८ रन बनाईन् । अष्ट्रेलियाकी अलाना किंग र जेस जेनसेनले सर्वाधिक तीन विकेट लिए ।

त्यसअघि न्युजिल्यान्डको क्राइस्ट चर्चमा टस हारेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धाारित ५० ओभरमा पाँच विकेट गुमाउँदै ३५६ रन बनाएको थियो ।

ओपनर हेलीले १७० रन बनाइन् । यस्तै राहेल हेन्सले ६८ रनको योगदान गरिन् । इंग्ल्यान्डका अन्या श्रुब्सोले सर्वाधिक तीन विकेट लिइन् ।