logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

३१ अंकले घट्यो नेप्से, कारोबार रकम झन्डै डेढ अर्ब


अंकुरण खबर
598
Shares

साताको पहिलो दिन आइतबार नेप्सेमा ३०.८९ अंकको गिरावट आएको छ ।

नेप्से २५१३.४१ मा आएर बन्द भएको छ ।

लगातार घटेको बजार यो साता पनि घट्ने क्रम जारी छ । नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ । आज एक अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

यसरी लगातार घटिरहेको बजारमा कारोबार रकमको कमी आउनु भनेको राम्रो संकेत मानिन्न ।

बजार घटे पनि तीन कम्पनीले भने पोजेटिभ सर्किट हानेका छन् । राष्ट्र उत्थान लघुवित्त ९१००, इमरजीन नेपाल ९९.९९० नेश्डो लघुबित ९९.९९० प्रतिशतले बढेका छन् ।