logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

युवालाई प्रेरणा दिने लघु चलचित्रसम्बन्धी कार्यक्रमलाई ओलीले सम्बोधन गर्ने


अंकुरण खबर
1.027K
Shares

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले युवा संघ नेपालले आयोजना गरेको लघु चलचित्र निर्माणसम्बन्धी कार्यक्रमलाई आज सोमबार सम्बोधन गर्दैछन् ।

चाबहिलस्थित चलचित्र बोर्डको कार्यालयमा अपराह्न ४ बजे ओलीले कार्यक्रमलाई सम्बोधन गर्ने भएका हुन् ।

युवा संघले युवालाई उत्प्रेरणा जगाउने खालका लघु चलचित्र निर्माण गर्ने प्रतियोगिता आयोजना गरेको र आज ग्राण्ड फिनाले भएकाले अध्यक्ष ओलीले सम्बोधन गर्ने भएको संघका सचिवालय सदस्य दुष्यान्त दाहालले बताए ।

दाहालका अनुसार उत्कृष्ट लघु चलचित्रहरू छनोट भइसकेका छन् ।