logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सरकारले कोरोनाका कारण विदेश जान नपाएका विद्यार्थीसँग निवेदन माग्यो


अंकुरण खबर
962
Shares

सरकारले कोरोना महामारीले विदेश जान नपाएका विद्यार्थीहरूलाई निवेदन दिन आग्रह गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड १९ महामारीको अवधिमा नेपाल फर्किआएका र अध्ययन गर्न जान नपाएका विद्यार्थीहरूलाई २५ चैतभित्र निवेदन दिन आग्रह गरेको हो ।

मन्त्रालयले सूचना जारी गर्दै चीन लगायतका देशहरूमा उच्च शिक्षा अध्ययनका लागि जान नपाएका विद्यार्थीहरूलाई मन्त्रालयको सूचना पाटी वा वेबसाइटमा राखिएको निवेदन ढाँचाअनुसार विवरण खुलाई मन्त्रालयको प्राविधिक शिक्षा शाखाको इमेलमा निवेदन गर्न अनुरोध गरेको छ ।

कोरोना महामारीका कारण चीनमा अध्ययनरत धेरै विद्यार्थी अहिले पनि फर्किन पाएका छैनन् । विशेषगरी एमबीबीएस अध्ययनका लागि चीन गएका विद्यार्थीहरू मर्कामा परेका थिए ।