logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

सुनको मूल्य ९८ हजार आठ सय रुपैयाँ


अंकुरण खबर
1.651K
Shares

नेपाली बजारमा मंगलबार सुनको भाउ एक सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि, सोमबार सुन तोलाको ९८ हजार सात सय रुपैयाँमा किनबेच भएको थियो ।

मंगलबार तेजावी सुनको भाउ तोलाको ९८ हजार तीन सय रुपैयाँ निर्धारण गरिएको छ ।

चाँदीको भाउ १० रुपैयाँले घटेको छ । सोमबार एक हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार एक हजार तीन सय ४० रुपैयाँ निर्धारण भएको छ ।