logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गोसाइकुण्ड गाउँपालिका कोभिड-१९ विरुद्धको पूर्ण खोपयुक्त पालिका


अंकुरण खबर
1.495K
Shares

गोसाइकुण्ड गाउँपालिकालाई कोभिड -१९ विरुद्धको पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरिएको छ ।

सोमबार गाउँकार्यपालिकाको कार्यालय स्याफ्रुबेँशीमा आयोजित कार्यक्रममा गाउँपालिकालाई कोभिड-१९ विरुद्धको पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पू तामाङले पहिलो पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विमल घिमिरेले बताए ।

गाउँपालिकाको आठ हजार ४३ कुल जनसंख्या १२ वर्ष उमेर पुगेका सम्पूर्ण नागरिकले कोभिड १९ विरुद्धको दुई डोज खोप प्राप्त गरेको उनले बताए ।