logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रमेश सिलवालको मुद्दा सिन्हा र रेग्मीको इजलासमा


अंकुरण खबर
845
Shares

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का तत्कालिन सदस्य–सचिव रमेशकुमार सिलवालले दायर गरेको रिटको पेसी न्यायाधीशहरू अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासमा तोकिएको छ ।

१५ चैतमा न्यायाधीशहरू हरिकृष्ण कार्की र टंबहादुर मोक्तानको संयुक्त इजलासले सिलवालको कार्यसम्पादन फाइन मगाउन सरकारको नाममा आदेश दिएको थियो ।

सिलवाललाई १ कात्तिकमा सरकारले कार्यसम्पादन चित्त बुझ्दो नभएको भन्दै सदस्य–सचिव पदबाट बर्खास्त गरेको थियो । बर्खास्तपछि गत १३ मंसिरमा टंकलाल घिसिङलाई राखेपको नयाँ सदस्य सचिवमा नियुक्त गरेको थियो ।

सिलवालले रिटमार्फत सदस्य सचिवमा घिसिङको नियुक्ति बदर गर्न र आफूलाई पुनः बहाली गर्न माग गरेका छन् ।