logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

ओलीको कटाक्ष : एमालेसँग चुनाव लड्न नसक्ने भएपछि गठबन्धन बनाए


अंकुरण खबर
676
Shares

एमाले अध्यक्ष केपी ओलीले एमालेसँग निर्वाचन लड्न नसकेपछि गठबन्धन तालमेल गर्ने भएका आरोप लगाएका छन् ।

वीरगञ्जमा मंगलबार आयोजित कार्यक्रममा उनले एमालेसँग चुनाव लड्न नसक्ने भएपछि सत्तारुढ दल गठबन्धन बनाएर तालमेल गर्न लागेको आरोप लगाएका हुन् ।

‘एक्लै एमालेसँग लड्न सकिन्न, अस्तिदेखि भन्याभन्यै छ । आज त झनै यति साथी एमाले प्रवेश गरिसक्नुभएको छ । अहिले के भयो होला उनीहरूलाई,’ ओलीले भने, ‘हजारौँ मानिस एमाले प्रवेश गर्नुभन्दा अगाडि नै भन्दै थिए एमालेसँगै एक्लै लड्न सकिँदैन । गठबन्धन कायम राखेर, तालमेलबाट लड्नुपर्छ भने ।’