logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पर्सामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु


अंकुरण खबर
741
Shares

पर्साको जिराभवानी गाँउपालिका–१ गम्हरियामा मंगलबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार अन्दाजी ४० बर्षीय हेमन्त दास रहेका छन् ।

दुर्घटनामा परी गम्भीर घाइते भएका दासको उपचारको क्रममा विरगंज स्थित एलएस न्युरो अस्पतालमा साँझ सवा ६ बजे मृत्यु भएको हो ।

मंगलबार साँझ ५ बजे उनी सवार रहेको भारतिय नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर पल्टीएको थियो । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।