logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नापीका कर्मचारी नगदसहित ललितपुरबाट पक्राउ


अंकुरण खबर
494
Shares

नापी कार्यालय, चावहिल १ नं. नापी टोली, बुढानिलकण्ठमा कार्यरत सर्भेक्षक बिनोद के.सी. र अमिन प्रकाश राज भट्टलाई अख्तियारले नियन्त्रणमा लिएको छ ।

केसी र भट्टले जग्गाको हालसाविक गर्ने क्रममा सेवाग्राहीसँग घुस माग गरेको सुचनाको आधारमा १ लाख रुपैयाँसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

सेवाग्राहीसँग १ लाख घुस लिइसकेको अवस्थामा केसी र भट्टलाई ललितपुर महानगरपालिका वडा नं. ५, लगनखेल, महालक्ष्मी मार्गबाट नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जनाएका छन् ।