logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सत्ता गठबन्धनको चुनाव परिचालन समितिको बैठक जारी


अंकुरण खबर
962
Shares

पाँच दलिय गठबन्धनले बनाएको चुनाव केन्द्रीत परिचालन तथा अनुगमन समितिको बैठक बालुवाटारमा जारी छ ।

कांग्रेसका नेता रामचन्द्र पौडेलको नेतृत्वमा सत्तागठबन्धनले चुनाव केन्द्रीत समिति गठन गरेको थियो ।

समितिको पहिलो बैठकले आज सञ्चालन कार्यविधि र चुनावी मापदण्डको बारेमा छलफल गर्ने जनाइएको छ ।

समितिमा कांग्रेसको तर्फबाट पौडेलसहित सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्की, महामन्त्री गगन थापा, माओवादीका तर्फबाट वर्षमान पुन, देव गुरुङ, एकिकृत समाजवादीबाट बेदुराम भुसाल, विजय पौडेल जसपबाट अशोक राई, रेणु यादवर जनमोर्चाबाट हिमाल पुरी सदस्य रहेका छन् ।