राप्रपा केन्द्रीय सदस्यबाट अभिषेक थापाले राजीनामा दिएका छन् ।
उनी राप्रपा नेपालका अध्यक्ष कमल थापाका छोरा हुन् । अभिषेकले बुधबारबाट साधारण सदस्यसमेत नरहने गरी राप्रपा सदस्यबाट राजीनामा दिएका हुन् ।
गत मंसिरमा सम्पन्न महाअधिवेशनबाट उनी सदस्यमा निर्वाचित भएका थिए ।
