logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बालकोटस्थित सहकारीबाट नगद चोरी 


अंकुरण खबर
1.053K
Shares

सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित खल्पिटार वचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट नगद ६ लाख ९८ हजार ५ सय १२ रुपैयाँ चोरी भएको छ ।

सहकारीबाट उक्त रकम मंगलबार राति चोरी भएको प्रहरीले जनाएको छ ।

सहकारीको च्यानलगेट फुटाई भित्र दराज तथा सेफमा रहेको नगद चोरी भएको प्रहरीले जानकारी दिएको छ ।

महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।