logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा थपिए १३ जना कोरोना संक्रमित


अंकुरण खबर
832
Shares

नेपालमा पछिल्लो २४ घण्टामा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८ सय ७ नमूना परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा मृत्युदर भने सुन्य रहेको छ ।

सोही अवधिमा ५७ जना कोरोनामुक्त भएका छन् । हाल कोरोनाको सक्रिय संक्रमित संख्या ७ सय ६५ रहेको छ ।

पछिल्लो २४ घन्टामा ५६ हजार ५२७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।