logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सशस्त्र प्रहरी निरीक्षक डा. आस्था श्रेष्ठलाई सेवाबाट हटाइँदै


अंकुरण खबर
403
Shares

गृह मन्त्रालयले प्राविधिक सशस्त्र प्रहरी निरीक्षक डा. आस्था श्रेष्ठलाई सेवाबाट हटाउने चेतावनी दिएको छ ।

नेपाल एपिएफ अस्पताल बलम्बु दरबन्दी रहे पनि बिदा स्वीकृत नगराई लामो समयदेखि अनुपस्थित रहेको भन्दै गृहले सार्वजनिक सूचना जारी गरेर सेवाबाट हटाउनेगरी विभागीय कारबाही गर्न लागिएको जानकारी दिएको हो ।

उनी १२ फागुनदेखि कार्यालयमा आएकी छैनन् ।

सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ११३ को उपनियम (१) को खण्ड (ज) मा ‘बिदा स्वीकृत नगराई लगातार १५ दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेमा’ भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने’ व्यवस्था छ ।

गृहले श्रेष्ठलाई ७ दिनभित्र सफाइ पेश गनए पनि भनेको छ ।

Avatar