logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

यस्तो छ बैशाख १ बाट बढेको नयाँ भाडाको सूची


अंकुरण खबर
2.158K
Shares

बैशाख १ बाट बागमती प्रदेशमा सार्वजनिक सवारी साधनको भाडा बढने भएको छ ।

बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले शुक्रबार काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा भाडा बढाउने निर्णय गरेको हो।

नयाँ भाडादर अनुसार न्यूनतम भाडा २० रूपैयाँ भएको छ। मन्त्रालयले सार्वजनिक गरेको सूचना अनुसार पाँच किलोमिटरसम्म २० रुपैयाँ, १० किलोमिटरको २५ रुपैयाँ, १५ किलोमिटरको ३० रुपैयाँ, २० किलोमिटरसम्मको ३३ र २० भन्दा माथि ३८ रुपैयाँ तोकिएको छ ।

यस्तै, ट्याक्सीको भाडा पनि बढाइएको छ। प्रति २०० मिटरको भाडा १० रुपैयाँ बनाइएको छ। यस्तै‚ प्रतीक्षा शुल्क प्रतिमिनेट १।२० रुपैयाँ तोकिएको छ। बढीमा ३० मिनेटसम्म मात्रै प्रतीक्षा गर्न पाइने छ।