logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भक्तपुर चेम्बर अफ कमर्स उत्कृष्ट


अंकुरण खबर
1.066K
Shares

भक्तपुर चेम्बर अफ कमर्सले उत्कृष्ट जिल्ला नगर चेम्बरको रूपमा कदर सम्मान प्राप्त गरेको छ ।

नेपाल चेम्बर अफ कमर्सको ७१औं वार्षिक साधारण सभा एवं चेम्बर दिवस २०७८ को उद्घाटन समारोहका अवसरमा भक्तपुर चेम्बर अफ कमर्सले उक्त सम्मान प्राप्त गरेको हो ।

समारोहमा प्रमुख अतिथि सभामुख अग्निप्रसाद सापकोटाले भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष न्हुछेरत्न मानन्धरलाई दोसल्ला ओढाई कदरपत्र प्रदान गरे ।

संस्थागत विकास तथा उद्यमी व्यवसायीको हक हितार्थ चेम्बर गतिविधिलाई विस्तार गर्न प्रशंसनीय भूमिका निर्वाह गर्न सफल भएकोमा भक्तपुर चेम्बर अफ कमर्स सम्मानित भएको हो ।