logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

 पाँच दलीय गठबन्धन एकताबद्ध रहेको सन्देश दिन आजै अपिल जारी हुने


अंकुरण खबर
1.131K
Shares

स्थानिय तह निर्वाचनमा गठबन्धन गरेका दलहरु बिचमा सहमति हुन नसकेको सन्देशलाई चिर्नका लागि पाँच दलीय गठबन्धनका शिर्ष नेताहरुले संयुक्त अपिल जारी गर्ने भएका छन ।

प्रधानमन्त्री निवास वालुवाटारमा बसिरहेको सत्तारुढ गठबन्धनको शिर्ष नेताहरुको बैठकमा संयुक्त अपिल जारी गर्ने बिषयमा सहमति भएको हो । उक्त सहमति पछि आजै अपिल जारी हुने नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन ।

गठबन्धनका मोडालिटी र मापदण्डका बारेमा शिर्ष नेताहरुसहित पाँच दलीय गठबन्धनको तयारी तथा अनुगमन संयन्त्रका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको बैठक जारी छ ।