logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

दुधकोसी किनारमा मृत फेला


अंकुरण खबर
546
Shares

सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिका–६ मुक्लीका ६३ वर्षीय गणेशकुमार राई मृत फेला परेका छन् ।

गत १४ चैतदेखि सम्पर्क विहीन बनेका राई आइतबार खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरे तल्लो सल्लेको तितेकुरस्थित दुधकोसीको किनारमा मृत फेला गरेका हुन् ।

बेवारिसे अवस्थामा शव फेला परेपछि सोधीखोजीका क्रममा राईको पहिचान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर शाहले बताए ।

घाँटीमा लगाएको तुलसीको माला, घडी र लुगाको आधारमा राईको शवको पहिचान गरिएको हो । शव पहिचानपछि आफन्तलाई जिम्मा लगाएर पठाइएको प्रहरी निरीक्षक शाहले बताए ।

घट्नाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।