logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेसले ३० गते बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक 


अंकुरण खबर
494
Shares

नेपाली कांग्रेसले ३० चैतमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

बैठक बुधबार दिउँसो दुई बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो ।

कार्यसम्पादन समिति बैठकमा पार्टी पदाधिकारी, केन्द्रीय सदस्यलाई बोलाएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

उनले एक सूचना जारी गर्दै बैठकबारे जानकारी दिएका हुन् । बैठकमा स्थानीय तह निर्वाचन, घोषणापत्र र विविध विषयमा छलफल हुने जनाइएको छ ।