logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सकियो स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको आठौँ शिखर सम्मेलन


अंकुरण खबर
975
Shares

नौ बुँदे घोषणा पत्र जारी गर्दै स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको आठौँ शिखर सम्मेलन सकिएको छ ।

बबरमहलस्थित कार्की बेङ्क्वेटमा तीन दिने सम्मेलन नौ बुँदे घोषणापत्र जारी गर्दै सकिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रतिनिधित्व गर्दै नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, विभिन्न शैक्षिक संस्थाहरु, बहुपक्षीय निकायहरु, निजी संघसंस्थाह, विज्ञ विद्धान व्यक्तिले सामुहिक रुपमा उक्त घोषणापत्र तयार पारेको हो ।

सम्मेलनमा विभिन्न एवार्ड प्रदान

यस वर्षको सम्मेलनमा पनि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले हरेक वर्ष दिने विभिन्न एवार्ड प्रदान गरेको छ । जसमा हेल्थ रिसर्च लाइफ टाइम अचिभमेन्ट एवार्डबाट प्रा.डा. मदनप्रसाद उपाध्यायले प्राप्त गरेका छन् । त्यस्तै हेल्थ रिसर्चर एवार्ड डा.सरुना घिमिरेले प्राप्त गरेकी छिन् ।

त्यस्तै एनएचआरसी वेष्ट रिसर्च पेपर एवार्ड-डा. गुणराज ढुंगाना, हेल्थ रिसर्चर एवार्ड -डा.सरुना घिमिरे,  मृगेन्द्रसम्झना मेडिकल ट्रष्ट योङ हेल्थ रिसर्चर एवार्ड -डा. अपेक्षा निरौला मृगेन्द्र-सम्झना मेडिकल ट्रष्ट योङ हेल्थ रिसर्चर एवार्र्ड नन क्लिनिकल-अच्युतराज पाण्डे मृगेन्द्र- सम्झना मेडिकल ट्रष्ट योङ हेल्थ रिसर्चर एवार्ड (एनएचआरसी स्टाफ)-अनुसन्धान अधिकृत अनिल पौडेल, हेल्थ रिसर्च लाइफटाइम एचिभमेन्ट एवार्ड-प्रा.डा. मदन प्रसाद उपाध्याय बेष्ट प्रिजेन्टेसन एवार्ड (ओरल) डा. नवा थापा वेष्ट प्रिजेन्टेसन एवार्ड (पोष्टर) अवार्ड -सोनिया श्रेष्ठ बेस्ट इम्पोलोय अफ द इयर एवार्ड-प्रशासन अजयकुमार लाल वेष्ट सेक्सन अफ द इयर एवार्ड – इथिकल सेक्सनले प्राप्त गरेका छन् ।