logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

ओखलढुङ्गामा बोलेरो दुर्घटना हुँदा दुई जना प्रहरी कर्मचारीको मृत्यु, सात जना घाइते


अंकुरण खबर
624
Shares

ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ हर्कपुरमा प्रहरी कर्मचारी सवार बोलेरो दुर्घटना हुँदा दुई जना प्रहरीको मृत्यु भएको छ ।

दुर्घटनामा सातजना प्रहरी घाइते भएका छन् ।

सोलुखुम्बुबाट विराटनगरतर्फ जाँदै गरेको बा १७ च १०९४ नम्बरको बोलेरो आज बिहान ९ बजे भिरबाट १ सय ५० मिटर तल खसी दुर्घटना भएको हो ।

दुर्घटनामा परी प्रहरी हवल्दार भूपेन्द्र कार्की र प्रहरी जवान मानिक राजबंशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा प्रहरी निरीक्षक ऋषिराज ढकाल, प्रहरी नायब निरीक्षक धनराज खतिवडा, प्रहरी सहायक निरीक्षक नवराज दाहाल, प्रहरी वरिष्ठ हवल्दार विशाल श्रेष्ठ, प्रहरी वरिष्ठ हवल्दार भूपेन्द्र खनाल, प्रहरी जवान रूपन विष्ट र चालक लीलाप्रसाद खनाल घाइते भएका छन् ।

दुर्घटनामा घाइते भएकामध्ये तीन जनालाई उपचारको लागि काठमाण्डौको नेपाल प्रहरी अस्पताल ल्याईएको छ भने अन्यको ओखलढुङ्गाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।