logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उठाइयो हात नभएको लिंगो


अंकुरण खबर
494
Shares

बिस्का जात्राको क्रममा बुधबार दिउँसो पोटरी स्क्वायरमा हात नभएको लिंगो (नेपाल भाषामा ल्योसिंद्यो) ठडाइएको छ ।

प्रत्येक वर्ष वर्षको अन्तिम दिन दिउँसो यहाँ यसरी नै लिंगो उठाउने गरिन्छ ।

यो लिगोलाई स्थानीय टोलबासीले उठाउने गरिन्छ । डोरीको सहायताले लिंगोलाई उठाउने गरिन्छ । लिंगो उठाएको हेर्न हजारौं स्थानीयवासी हेर्न पुग्छन् ।

प्रसिद्ध बिस्का जात्राको चौथो दिन लिंगो उठाइन्छ । जात्रा २७ चैतदेखि सुरु भएको थियो । पाँचतले मन्दिर अगाडि राखेर बनाइएको भैरवनाथको रथ तान्ने क्रमको सुरुवातसँगै जात्रा सुरु भएको थियो ।

यो जात्रा हेर्न दसौं हजार मानिस जात्रास्थल पुग्ने गर्दछन् । भक्तपुरको बिस्केट जात्रा आठ रात नौ दिन लामो हुने गर्दछ । जात्रा ५ वैशाखमा सकिन्छ ।