logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बैतडीका दुई व्यक्ति राष्ट्रपतिबाट विभुसित


अंकुरण खबर
871
Shares

नयाँ वर्षका दिन राष्ट्रपतिले गर्ने सम्मानबाट यसपाली बैतडीका दुई जना विभूषित भएका छन् ।

नेपाल क्रिकेट संघका अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुर बहादुर चन्द र द्वारिकादेवि ठकुरानी स्मृति प्रतिष्ठान मेलौली बैतडीका अध्यक्ष कांग्रेस युवा नेता हिमालयबहादुर चन्द विभूषित भएका हुन् ।

कृकेट संघ अध्यक्ष चन्द नेपालको खेलकुद (क्रिकेट) क्षेत्रमा पुगाएको योगदानवाफत् प्रबल जनसेवा श्री राष्ट्रिय पदकबाट सम्मानित भएका हुन् भने, प्रतिष्ठान अध्यक्ष चन्द प्रसिद्ध प्रबल जनसेवा श्री राष्ट्रिय पदकबाट विभूषित भएका हुन् ।

सम्मानित भएका व्यक्तिलाई आज राष्ट्रपति विद्यादेवी भण्डारीले विभूषित गरेकी हुन् ।