logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समिति बैठक बस्दै, यी विषयमा हुँदैछ छलफल


अंकुरण खबर
663
Shares

सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक आज बस्दैछ ।

बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो । आजको बैठकमा उमेदवार सिफारिस, छनोट तथा गठबन्धनको साझा उमेदवारलाई कसरी जिताउनेलगायत विषयमा छलफल हुने बताइएको छ ।

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले नगरपालिका र गाउँपालिकाका उमेदवारको टुङ्गो लगाउन भोलि सात सहमहामन्त्रीलाई सातवटै प्रदेशमा पठाउने निर्णय गरिसकेको छ ।

उनीहरूले प्रदेशमा उमेदवारको टुंगो लगाउने प्रयास गर्नेछन् । यदि प्रदेशबाट उमेदवार टुंगो लगाउन नसके उनीहरूले ९ वैशाखसम्म केन्द्रमा पठाउने छन् । त्यसपछि केन्द्रले १० वैशाखसम्म उम्मेदवारको लगाउनेछ ।