logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

निर्वाचनबारे छलफल गर्न प्रचण्डनिवासमा माओवादी केन्द्रको बैठक जारी


अंकुरण खबर
1.729K
Shares

नेकपा माओवादी केन्द्रको पूर्व स्थायी समिति सदस्यहरुको बैठक जारी छ।

पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बैठक सुरु भएको हो। बैठकमा स्थानीय तहको निर्वाचनको तयारी र गठबन्धनबीच तालमेलबारे छलफल हुने बताइएको छ।

सत्तागठबन्धन बीच निर्वाचनमा तालमेल गरेर जाने सहमति जुटिसकेको भएपनि भागबन्डा अझै मिलिसकेको छैन। यसबारे पार्टीको धारणा बनाउनका लागि पूर्वस्थायी समितिका सदस्यहरु छलफलमा जुटेका हुन्।