logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गठबन्धन हेर्दा राम्रो देखिए पनि व्यावहारिक रुपमा मिलाउन गाह्रो छ : प्रचण्ड


अंकुरण खबर
676
Shares

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दलबीच तलैबाट तालमेल गर्न खोजिए पनि मिलाउन गाह्रो भइरहेको बताएका छन्।

पूर्व स्थायी कमिटीको आज (शुक्रबार) खुमलटारमा बसेको बैठकमा प्रचण्डले तालमेलको विषय मिलाउन गाह्रो भइरहेको बताएको माओवादी केन्द्रका एक नेताले बताए।

प्रचण्डको भनाइ उद्धृत गर्दै उनले भने, ‘गठबन्धन हेर्दा राम्रो देखिए पनि व्यावहारिक रुपमा मिलाउन गाह्रो छ ।’
प्रचण्डले कांग्रेससँग सकेसम्म ‘बार्गेनिङ’ गर्ने नभए गठबन्धनका अन्य पार्टीहरुसँग मिलेर कांग्रेससँग पनि स्वस्थ प्रतिस्पर्धा गर्ने बताएका थिए।

प्रचण्डले सबै पार्टी पङ्क्तिलाई एकताबद्ध बनाएर चुनावमा केन्द्रित हुन निर्देशन दिए। बैठकमा प्रचण्डले निर्वाचन तयारी र गठाबन्धन दलबीत तालमेलबारे ब्रिफिङ गरेका थिए।

बैठकमा विभिन्न पार्टीबाट आउनेहरुलाई दिने भूमिकाबारे पनि छलफल भएको जनाइएको छ। विभिन्न पार्टीबाट आउनेहरुमध्य वामपन्थी पृष्ठभूमि भएकालाई अलि माथिल्लो तहसम्मको जिम्मेवारी दिने र अरुलाई मिलाएर लैजाने निर्णय भएको उनले बताए।