logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस कार्यसम्पादन समिति बैठक : महानगर र उपमहानगरका उम्मेदवारबारे छलफल गर्ने, उत्कृष्ट चुनावी गीत बनाउनेलाई पुरस्कार दिने


अंकुरण खबर
741
Shares

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

६ महानगरपालिका र ११ उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवारबारे छलफल गर्न बैठक बस्न लागेको हो । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

सत्तारुढ गठबन्धनमा महानगरपालिका र नगरपालिकाकाको भागवण्डाबारे अझै सहमति भएको छैन । यसबारे केन्द्रीय संयन्त्रले नै टुंगो गर्ने सहमति भएको छ तर ६ वटै महानगरपालिकामा मेयर नछाड्न कांग्रेस नेतृत्वमाथि तल्लो कमिटीहरूबाट चर्को दबाब छ ।

पार्टीको पक्षमा उत्कृष्ट चुनावी गीत बनाउनेलाई २ लाख ७५ हजार पुरस्कार दिने

यसैबीच नेपाली कांग्रेसले आफ्नो पार्टीको पक्षमा उत्कृष्ट चुनावी गीत बनाउनेलाई २ लाख ७५ हजार पुरस्कार दिने भएको छ ।

प्रवक्ता प्रकाशरण महत संयोजक रहेको सांस्कृतिक समन्वय उपसमितिले पार्टीको पक्षमा राम्रो चुनावी गीत बनाउनेलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

उपसमितिको निर्णयमा उल्लेख गरिएको छ, ‘दर्शक, श्रोता तथा छनोट समितिको निर्णय बमोजिम पार्टीको पक्षमा तयार पारिएको उत्कृष्ट गीतलाई २,७५ ०००।– ९अक्षेरुपी दुईलाख पचहत्तर हजार रुपैयाँ मात्र० धनराशीबाट पुरस्कृत गरिने ब्यहोरा सम्पूर्ण लोकतन्त्रवादी कलाकारहरुमा जानकारी गराउदछु।’

गीतको लिंक फेसबुक म्यासेन्जरमा पठाउन सकिने  छ।