logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बिस्का जात्राको आठौं दिन द्यो स्वगं पूजा सम्पन्न


अंकुरण खबर
832
Shares

बिस्का जात्राको आठौं दिन आइतबार भक्तपुरमा द्यो स्वगं पूजा (सगुन जात्रा) धुमधामका साथ मनाइएको छ ।

परम्परागत बाजागाजा धिमेबाजा, बाँसुरी बाजा र भजन खलःहरूले नगरका शक्तिपीठ तथा विभिन्न देवीदेवताको परिक्रमा गरी सगुन जात्रा मनाइएको हो ।

जात्रामा देवीदेवतालाई सगुन पूजा गर्न आ-आफ्ना द्योःछें (देवघर) बाट निकाली चोक तथा डबलीमा राखिएको थियो । जात्राका क्रममा सहभागीले देवीदेवतालाई आआफ्ना गच्छेअनुसारका परिकार चढाएका थिए । यो पूजा प्राचीनकालदेखि नै सञ्चालन हुँदै आएको इतिहासमा उल्लेख रहेको पाइन्छ ।

बिस्का जात्राका क्रममा बिघ्नबाधा वा केही भुलचुक भए क्षमा पाउँ भन्ने उद्देश्यका साथ शक्तिशाली देवीदेवताको पूजा गर्ने प्रचलनलाई सगुन जात्राका रूपमा लिने गरिएको भाषा वंशावलीमा समेत उल्लेख रहेको पाइएको संस्कृतिविद् ओम धौभडेलले जानकारी दिए ।