logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संविधानअनुसारको दायित्व पूरा गर्न सहज वातावरण बन्न सकेन : सभामुख सापकोटा


अंकुरण खबर
585
Shares

सभामुख अग्नि सापकोटाले संविधानअनुसारको दायित्व पूरा गर्न सहज वातावरण बन्न नसकेको गुनासो गरेका छन् ।

आइतबार काठमाडौंमा भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी निसानाको उद्घाटन गर्दै सभामुख सापकोटाले आफूले गर्नुपर्ने दायित्य पूरा गर्न प्रयत्न गरेपनि उचित वातावरण बन्न नसकेको गुनासो गरेका हुन् ।

उनले सभामुखको काम कानुन निर्माणमा नेतृत्व गर्ने, गुणस्तरीय कानुन निर्मााणका साथै बनेका कानुनको संसदीय निगरानी गर्नु रहेको भए पनि त्यसका लागि आवश्यक वातावरण बनाउने ठुलो कुरा रहेको बताए ।

उचित वातावरण बनाउन आफूले पहल गरे पनि बिभिन्न अप्ठ्यारा रहेको उनको भनाइ छ । सभामुख सापकोटाले असन्तुष्टि पोख्नु र आलोचना हुनु स्वभाविक भए पनि मुख्य कुरा निकास दिने नै भएको धारणा राखे ।

नेपाल कार्टुनिस्ट क्लबले आयोजना गरेको प्रदर्शनी आर्ट काउन्सीलमा वैशाख ६ गतेसम्म चल्नेछ । करिब तीन दर्जन कार्टुनिष्टहरुद्वारा पारिएका भ्रष्टाचारविरोधी काटुर्नहरु देशका सातै प्रदेशमा प्रदर्शन गर्ने क्लबले जनाएको छ ।